सुनको भाउ बढ्यो

मकवानपुर । नेपाली बजारमा आज (बुधबार) पनि सुनचाँदीको मूल्य बढेको छ।

मंगलबार प्रतितोला तीन हजार सात सय रूपैयाँ बढेको सुनको भाउ आज तोलामा १४ हजार चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार सात सय रूपैयाँ पुगेको छ।

मंगलबार सुन प्रतितोला दुई लाख ९० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ।

मंगलबार तोलामा पाँच हजार तीन सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार पाँच हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय ६५ रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.