चीनद्वारा अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण

(260131) -- JIUQUAN, Jan. 31, 2026 (Xinhua) -- A Long March-2C carrier rocket carrying an Algerian remote sensing satellite blasts off from the Jiuquan Satellite Launch Center in northwest China, Jan. 31, 2026. Launched at 12:01 p.m. (Beijing Time), the satellite has been successfully sent into its planned orbit. The Algerian satellite will be primarily used for land planning and disaster prevention and mitigation. (Photo by Wang Jiangbo/Xinhua)

मकवानपुर । चीनले अन्तरिक्ष प्रविधिको विकासतर्फ महत्त्वपूर्ण फड्को मार्दै अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

अन्तरिक्ष यानलाई उत्तरपश्चिमी चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्रबाट ‘लङ मार्च–२एफ’ वहन रकेट प्रयोग गरी प्रक्षेपण गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सिन्ह्वाका अनुसार, प्रक्षेपण निर्धारित योजना अनुसार सफलतापूर्वक सम्पन्न भएको हो । अन्तरिक्ष यानले कक्षमा रहेर अन्तरिक्ष यानसम्बन्धी विभिन्न महत्त्वपूर्ण प्रविधिहरूको परीक्षण तथा प्रमाणीकरण गर्नेछ ।

यसमा उडान नियन्त्रण प्रणाली, कक्षीय सञ्चालन, पृथ्वीको वायुमण्डलमा पुनःप्रवेश गर्ने प्रविधि तथा सुरक्षित अवतरण प्रणालीको परीक्षण समावेश छ ।

चिनियाँ अधिकारीहरूले यस मिशनबाट प्राप्त हुने प्राविधिक तथ्याङ्क र अनुभव भविष्यका अन्तरिक्ष यानहरूको डिजाइन र विकासमा प्रयोग गरिने बताएका छन् ।

यसले अन्तरिक्ष अभियानको लागत घटाउन र दीर्घकालीन अन्तरिक्ष अनुसन्धानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.