रामेछाप बस दुर्घटना : ५ जनाको मृत्यु, ८ जना घाइते

मकवानपुर । रामेछापमा दुर्घटना भएको बसमा पाँच जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो ।

दुर्घटनास्थबाट उद्धार गरिएका १३ जनामध्ये उद्धार गरेर अस्पताल पुर्‍याइएका पाँच जनाको मृत्यु भएको छ भने अरु घाईतेलाइ उपचारका लागि मन्थली र खुर्कोट पठाइएको छ ।

७ जनाको खुर्कोट र एक जनाको मन्थलीमा उपचार भइरहेको छ । आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ०३ ०१ ९९५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेकोहो ।

अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए । बसमा चालक, सहचालक र बस व्यवसायी ३ जना र बाटोबाट चढेका गरी १३ यात्रु रहेको खुलेको छ ।

बाटोबाट अन्य थप यात्रु चढेनचढेको खुलेको छैन । सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ । सडकबाट खसेको बस नदीमा डुबेको छ ।

अन्य यात्रुहरुको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.