पर्सामा उम्मेदवार सवार गाडीबाट शङ्कास्पद बस्तु बरामद

काठमाडौं । पर्साको पर्सागढी नगरपालिका–३ बडनियार बजारमा प्रतिनिधिसभा सदस्य उम्मेदवारको गाडीमा शङ्कास्पद बस्तु भेटिएको छ ।

हरपुरबाट बडनियार तर्फ जाँदै गरेको बा.१० च १२५० नम्बरको गाडी रोकेर सशस्त्र प्रहरीले चेकजाँच गर्दा बम बनाउन प्रयोग गरिने टेपले बेरेको टिन र तार लगायतका बस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका एकजना अधिकृतले बताए । सो गाडी नेपाली कम्युनिस्ट पार्टीको पर्सा–२ का उम्मेदवार ४६ वर्षीय मनोज कुमार चौधरीको हो ।

सो गाडीका चालक २६ वर्षीय सहाब आलम अन्सारी, कारमा सवार धनुषा घर भएका ३० वर्षीय सुरज कार्की र पर्सागढीको बिरुवाटोल घर भएका ६८ वर्षीय सत्यनारायण थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उम्मेदवार चौधरीलाई पनि प्रहरीले निगरानीमा राखेको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.