निर्वाचन आयोगले २ बजे विशेष पत्रकार सम्मेलन गर्ने

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारीबारे जानकारी दिन विशेष पत्रकार सम्मेलन गर्ने भएको छ ।

आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार मतदानको लागि सम्पूर्ण तयारी पूरा भएको सन्देश सहित कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ब्रिफिङ गर्न पत्रकार सम्मेलन राखिएको हो ।

‘बुधबार दिउँसो २ः ०० बजे आयोगको मिडिया सेन्टर हलमा विशेष पत्रकार सम्मेलन राखिएको छ’, भट्टराईले भने, ‘थप जानकारी त्यहीबाट पाउनुहुनेछ ।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.