मतदान अगाडिको मत सर्वेक्षणप्रति निर्वाचन आयोगले आपत्ति

काठमाडौं । मतदान अगाडिको मत सर्वेक्षणप्रति निर्वाचन आयोगले आपत्ति जनाएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान अगाडि गरिने कुनैपनि प्रकारका मत सर्वेक्षण र त्यसका आधारमा गरिने हारजितको घोषणाप्रति आपत्ति जनाएका हुन् ।

यस्ता गतिविधि कानुन र आचारसंहिता विपरीत रहेको भन्दै यसलाई सदाका लागि अन्त्य गर्ने अठोट आयोगले लिएको बताएका छन् ।

मतदाताले मत खसाल्नै नपाईकन बाहिरबाटै परिणाम घोषणा गर्ने परिपाटीप्रति आयोग संवेदनशील रहेको उनले बताए ।

उनका अनुसार यस विषयमा आयोगले प्रेस काउन्सिल नेपालसँग पनि संवाद गरिसकेको छ ।

उनको प्रश्न छ, ‘मत सर्वेक्षण गर्न पाइँदैन, कानुनले निषेध गर्छ, आचारसंहिताले निषेध गर्छ । तर जबर्जस्त कुनै सञ्चार क्षेत्रबाट मत सर्वेक्षण गरेर फलानोले जित्यो र फलानोले हार्‍यो भनेर आफैँ घोषणा गरिदिने हो भने निर्वाचन आयोगको काम के रह्यो ?’

कानुनले निषेध गरेको कुरालाई कसैले मान्दिनँ भन्न नपाउने भन्दै उनले यस्ता गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.