धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत गल्छी गाउँपालिकाको वडा नम्बर २ र ५ को मतगणना सम्पन्न हुँदा ‘घण्टी’ चुनाव चिह्नकी उम्मेदवार आशिका तामाङले अग्रता कायम गरेकी छन् ।
पछिल्लो मतपरिणाम अनुसार तामाङले १ हजार २ सय २८ मत प्राप्त गर्दै पहिलो स्थान ओगटेकी हुन् ।
उनलाई ‘सूर्य’ चुनाव चिह्नका उम्मेदवार भूमि त्रिपाठीले ९ सय १४ मतका साथ पछ्याइरहेका छन् । पहिलो र दोस्रो स्थानमा रहेका तामाङ र त्रिपाठीबीच ३ सय १४ मतको अन्तर रहेको छ ।
त्यसैगरी, तेस्रो स्थानमा रहेका ‘तारा’ चुनाव चिह्नका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेले ५ सय ७१ मत प्राप्त गरेका छन् भने ‘रुख’ चिह्नका उम्मेदवार कृष्ण रिजालले ४ सय ११ मत ल्याएका छन् । यस निर्वाचन क्षेत्रमा मतगणना कार्य निरन्तर जारी छ ।
प्रतिकृया दिनुहोस्








