पहाड र हिमालमा भोलि असिना र हिमपातको चेतावनी

काठमाण्डौं।देशका पहाडी तथा हिमाली क्षेत्रमा भोलि मंगलबार मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित वर्षा र हिमपातको सम्भावना रहेको छ ।

कोशीसहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही ठाउँ तथा बाँकी तराईका एकरदुई ठाउँमा पनि हावाहुरीरमेघगर्जनरचट्याङ्ग र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले आवश्यक सावधानी अपनाउन पनि आग्रह गरेको छ ।

आज देशका पहाडी क्षेत्रका थोरै ठाउमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । त्यस्तै हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । आजभन्दा भोलि तुलनात्मकरुपमा अलि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.