भारतीय तीर्थयात्री हुम्लामा

x'Dnfdf lxdkft l;dsf]6 -x'Dnf_, @) kmfu'g M x'Dnfdf zlgaf/ /fltb]lv lxdkft ePkl5 cfOtaf/ laxfg} ;b/d'sfd l;dsf]6nufot cf;kf;sf If]qdf hd]sf] lxpF . tl:a/M bfg] af]x/f÷/f;;

हुम्ला । कैलाश मानसरोवर दर्शनका लागि सिमकोट–नाम्खा हिल्सा नाका हुँदै भारतीय तीर्थयात्री सिमकोट पुगेका छन् । यहाँ आइपुगेका २५ भारतीय तीर्थयात्रीलाई प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीलगायतले सिमकोट विमानस्थलमा स्वागत गरे ।

यस वर्ष हुम्ला हुँदै करिब ११ हजार भारतीय नागरिक कैलाश मानसरोवर दर्शनका लागि आउने अपेक्षा गरिएको छ । गत वर्ष सात हजार भक्तजनले कैलाश मानसरोवरको दर्शन गरेका प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।

यसैगरी, सरकारको निर्णयअनुसार हुम्लाका सात वटै गाउँपालिकामा यही वैशाख २८ गतेदेखि सरसफाइ अभियान सुरु गरिएको छ । सिमकोट, नाम्खा, खार्पुनाथ, सर्केगाड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा सो अभियान सञ्चालन गरिएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.