आज सुनचाँदीको भाउ बढ्यो

काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार ९ सय रुपैयाँले बढेको हो । हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँले घटेकोमा आज १ हजार ९ सय रूपैयाँले बढेर तोलाको २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । हिजो १ सय ५ रुपैयाँले घटेको चाँदीको भाउ आज १ सय ४० रुपैयाँले बढेर ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको भाउ हिजो तोलाको ५ हजार १० रुपैयाँ थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.