तनहुँमा १९ जना शङ्कास्पद व्यक्ति पक्राउ

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाइले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको विशेष खोजी अभियान १९ जना शङ्कास्पद व्यक्ति पक्राउ परेका छन्। नियन्त्रणमा लिइएकामध्ये नौ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उक्त विशेष अभियान लागुऔषध नियन्त्रण, अवैध मदिरा उत्पादन तथा बिक्रीवितरण नियन्त्रण, शान्तिसुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोतसाधनको अनधिकृत प्रयोग नियन्त्रणलाई लक्षित गरिएको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।

प्रहरी टोलीले जिल्लाका विभिन्न संवेदनशील क्षेत्र, सार्वजनिक स्थल, बजार क्षेत्र तथा सम्भावित आपराधिक गतिविधि हुनसक्ने स्थानमा निगरानी तथा जाँचलाई तीव्र बनाएको छ।

“जिल्लामा शान्ति सुरक्षा कायम राख्ने, आपराधिक गतिविधि नियन्त्रण गर्ने तथा नागरिकमा सुरक्षाको अनुभूति गराउने उद्देश्यले नियमित रूपमा यस्ता अभियान सञ्चालन गरिरहेका छौँ”, प्रहरी नायब उपरीक्षक घिमिरेले भने “नियन्त्रणमा लिइएका व्यक्तिमध्ये केहीमाथि थप अनुसन्धान भइरहेको छ भने अन्यको आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको छ ।”

प्रहरीका अनुसार पछिल्लो समय जिल्लामा लागुऔषध दुव्र्यसन, चोरी, सार्वजनिक अपराध तथा प्राकृतिक स्रोतसाधनको अनधिकृत दोहन नियन्त्रणलाई प्राथमिकतामा राखेर निगरानी बढाइएको छ । यस्ता गतिविधि नियन्त्रण गर्न नियमित रूपमा विशेष अभियान सञ्चालन गरिने जनाएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँले अपराध नियन्त्रण तथा शान्तिसुरक्षा सुदृढीकरणका लागि समुदाय–प्रहरी साझेदारीलाई प्रभावकारी बनाउँदै लगिएको जनाएको छ।

साथै कुनै पनि शङ्कास्पद गतिविधि, अवैध कारोबार वा कानुनविपरीतका कार्यबारे जानकारी भएमा तत्काल प्रहरीलाई सूचना दिन सर्वसाधारणसँग आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.