इरानी विदेशमन्त्री र हमास अधिकारीबीच भेटवार्ता

FILE - Iranian Foreign Minister Abbas Araghchi listens to a question in a joint press briefing with his Omani counterpart Sayyid Badr Albusaidi after their meeting in Tehran, Iran, Monday, Dec. 30, 2024. (AP Photo/Vahid Salemi,File)

तेहरान । इरानका विदेश मन्त्री अब्बास अराघचीले प्यालेस्टिनी लडाकु समूह हमासका एक वरिष्ठ अधिकारीसँग इरान र संयुक्त राज्य अमेरिका बीचको वार्ताको बारेमा भेटवार्ता गरेको इरानको सरकारी टेलिभिजनले बुधबार जनाएको छ ।

अब्बास अराघचीले हमासको राजनीतिक ब्युरोका सदस्य बासेम नइमसँग यस क्षेत्रको पछिल्लो घटनाक्रम बारेमा छलफल गरेको इरानी टेलिभिजनले जनाएको हो ।

मध्यपूर्वमा व्याप्त शत्रुता अन्त्य गर्ने उद्देश्यले इरान र संयुक्त राज्य अमेरिका बीच गत हप्ता समझदारी पत्रमा हस्ताक्षर भएको थियो । समझदारी पत्रमा गाजाको बारेमा स्पष्ट व्यवस्था नगरिएको भएता पनि लेबनान लगायतका क्षेत्रहरूमा जारी सैन्य कारबाहीको तत्काल र स्थायी समाप्ति निर्धारित गरिएको छ ।

हमासले उक्त सम्झौताको स्वागत गर्दै इजरायलसँगको दुई वर्ष भन्दा लामो युद्धबाट ध्वस्त भएको गाजा पट्टीमा हिंसा अन्त्य गर्न आवश्यक सहयोग गर्ने आशा व्यक्त गरेको छ । इरान प्यालेस्टिनी जनताको कट्टर समर्थक हो, जसले यसलाई सन् १९७९ को इस्लामिक क्रान्तिपछि आफ्नो विदेश नीतिको आधारशिला बनाएको छ ।

इरानी टेलिभिजनको रिपोर्ट अनुसार, छलफलको क्रममा, अराघचीले ‘प्यालेस्टिनीहरूका लागि इस्लामिक गणतन्त्रको निरन्तर समर्थन र उनीहरूको स्वतन्त्र राष्ट्रिय अधिकारहरू पूर्ण रूपमा साकार नभए सम्म उनीहरूको न्याय नहुने बताएका छन् ।

तेहरान र वासिङ्टन बीच भएको वार्तामा मध्यस्थकर्ताको रूपमा भूमिका निर्वाह गर्दै आएको छिमेकी राष्ट्र पाकिस्तानको भ्रमणमा मंगलबार इरानी विदेश मन्त्री अराघची र राष्ट्रपति मसूद पेजेस्कियनसँगै गएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.