विश्वकप फुटबलमा स्विट्जरल्यान्ड र बोस्निया नकआउट चरणमा

काठमाडौं । विश्वकप फुटबलको समूह ‘बी’ अन्तर्गत स्विट्जरल्यान्डले क्यानडालाई २–१ ले पराजित गर्दै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ । भ्यानकुभरमा भएको खेलमा दोस्रो हाफमा रुबेन भार्गास र जोहान मान्जाम्बीले गोल गर्दै स्विट्जरल्यान्डलाई जित दिलाए।

खेलको अन्त्यतिर प्रमिस डेभिडले क्यानडाका लागि एक गोल फर्काए पनि टोली हारबाट जोगिन सकेन । यस जितसँगै स्विट्जरल्यान्ड लगातार चौथो विश्वकपमा नकआउट चरणमा पुग्न सफल भएको छ । पराजित भए पनि क्यानडाले पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान बनाउँदै इतिहास रचेको छ ।

यस्तै, बोस्निया एन्ड हर्जगोभिनाले कतारलाई ३–१ ले हराउँदै पहिलो पटक विश्वकपको नकआउट चरण पुगेको छ ।

१८ वर्षीय केरिम अलाजबेगोभिचको आकर्षक गोलबाट अग्रता लिएको बोस्नियाका लागि अर्को गोल आत्मघाती रूपमा प्राप्त भयो भने एर्मिन माह्मिकले तेस्रो गोल थपे । कतार भने १ अंकसहित प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.