मकवानपुरमा एक पोथी चितुवा मृत फेला

मकवानपुर । मकवानपुरमा एक पोथी चितुवा मृत फेला परेको छ । थाहा नगरपालिका–९ चित्लाङको महालक्ष्मी खोला किनारमा मृत फेला परेको हो ।

एक सय ७० सेन्टिमिटर लामो सो चितुवा करिब ४ वर्षको भएको अनुमान गरिएको छ । मृत चितुवा ३९ केजी तौलको छ . इलाका प्रहरी कार्यालय चित्लाङका अनुसार मुखबाट रगत बगेको अवस्थामा भेटिएको चितुवाको मृत्युको कारण खुलेको छैन ।

सो चितुवालाई मार्गिन सामुदायिक वन उपभोक्ता समूह, स्थानीय जनप्रतिनिधि लगायतको रोहवरमा चित्लाङस्थित गोदाम चौरमा व्यवस्थापन गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.