‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा प्राचीन नेपाली सभ्यता र वेदको मर्मबाट निर्देशित भएको बताएका छन्।

धार्मिक अनुष्ठानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाल ५ हजार वर्ष पुरानो गौरवशाली इतिहास भएको देश भएको र यहाँको ज्ञान–विज्ञानको परम्परा विश्वकै अग्रणी रहेको दाबी गरेका छन्।

उनले ‘सर्वे भवन्तु सुखिनः’ भन्ने मन्त्रलाई नै आधुनिक युगमा समृद्धिको आधार बनाइएको उल्लेख गरे। सम्बोधनका क्रममा ओलीले ‘हिन्दु राष्ट्र’ र ‘सनातन धर्म’ बीचको भिन्नता प्रस्ट्याउँदै सनातनलाई नेपालको मूल सभ्यता र पहिचानका रूपमा व्याख्या गरे।

‘हिन्दु राष्ट्र’ भन्ने शब्द पछिल्ला केही शताब्दीमा मात्र प्रयोगमा आएको भन्दै उनले सनातन परम्परा सबै धर्म मान्ने नेपालीहरूको साझा सम्पती भएको धारणा राखे। ओलीले चिकित्सा विज्ञान (सर्जरी)  को शुरुवात नेपालकै भूमिबाट भएको बताउँदै ऋषि विश्वामित्र र सुश्रुतको योगदानको चर्चा गरे।

उनले नेपाललाई ‘देवभूमि’, ‘तपोभूमि’ र ‘ज्ञानभूमि’ को संज्ञा दिँदै हराउँदै गएको नेपालको गौरव पुनस्र्थापित गर्ने आफ्नो संकल्प रहेको बताए। कार्यक्रममा उम्मेदवारको हैसियतमा सहभागी भएका ओलीले निर्वाचन आचारसंहिताप्रति सचेत रहेको र आफू चुनाव प्रचारका लागि नभई देश बनाउने संकल्प दोहोर्‍याउन आएको स्पष्ट पारे।

उनले आचारसंहिताका कारण आफूले चाहेर पनि पुराणमा दान गर्न नमिल्ने बाध्यता सुनाए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.