टी–२० विश्वकप : इङ्ग्ल्यान्डसँगकाे खेलमा नेपालले टस हार्‍याे

मकवानपुर । आईसीसी टी–२० विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डसँगको खेलमा नेपालले टस हारेको छ । भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा इङ्ग्ल्यान्डका कप्तान ह्यारी ब्रूकले टस जितेर ब्याटिङ रोजेका छन् ।

नेपाली टोलीमा शेर मल्लले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दैछन् । यस्तै मल्लसहित आरिफ शेख, लोकेश बम र नन्दन यादवले पहिलो पटक टी-२० विश्वकप खेल्दैछन् । दुई पटकको विजेता इङ्ग्ल्यान्डसँग नेपालको यो ऐतिहासिक खेल हो । नेपालले समग्रमा तेस्रो पटक र लगातार दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो ।

प्रतियोगितामा २० वटा टोली चार वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ मा पुग्नेछन् । ‘सुपर–एट’ मा चार–चार वटा टोली दुई समूहमा बाँडिनेछन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

१०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ ।

यस्तो छ नेपाली टोली –

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्शन झा, करण केसी, शेर मल्ल, नन्दन यादव, सन्दीप लामिछाने

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.