बोलेरोको ठक्करबाट १६ महिनाका नाबालकको मृत्यु …

मकवानपुर । रामेछापको मन्थली नगरपालिका–१ स्थित खानेपानी कार्यालय अगाडि बोलेरोको ठक्करबाट घाइते भएका १६ महिनाका एक बालकको उपचारका क्रममा मृत्यु भएको छ।

शनिबार खेलिरहेको अवस्थामा बोलेरोको ठक्करबाट घाइते भएका स्थानीय कुमार श्रेष्ठका १६ महिनाका छोरा क्रिजल श्रेष्ठको मन्थली अस्पतालमा उपचारका क्रममा शनिबार बिहान सवा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

मन्थलीबाट तामाकोशी नदीतर्फ जाँदै गरेको बा प्र ०२८ च १२७४ नम्बरको बोलेरोले बालकलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका क्रिजललाई तत्काल मन्थली अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ।

घटनापछि बोलेरो र बोलेरो चालक मन्थली नगरपालिका–१ निवासी ३२ वर्षीय सिद्धार्थ तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.