चुनावसम्बन्धी टिकटक भिडियो प्रतियोगिता : उत्कृष्टलाई ५० हजार पुरस्कार

मकवानपुर । निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने निर्वाचनसम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ ।

निर्वाचन प्रचारप्रसार एवं मतदाता शिक्षाका लागि टिकटक भिडियो प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा उत्कृष्ट तीन भिडियोलाई नगद पुस्कार प्रदान गरिनेछ ।

पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ । भ्युजका आधारमा पुरस्कार प्रदान गरिने आयोगले जनाएको छ ।

भिडियोमा निर्वाचन प्रचारप्रसार, आचारसंहिता तथा मतदाता शिक्षा जस्ता विषय समावेश हुनुपर्नेछ । एक मिनेटसम्मको भिडियो बनाएर टिकटकका साथै युट्युब र फेसबुकमा पनि राख्नुपर्नेछ ।

त्यही लिंक फागुन ३ गतेदेखि १७ गतेभित्र आयोगको इमेलमा पठाउनु पर्नेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.