विधायन व्यवस्थापन समितिले राष्ट्रियसभामा प्रतिवेदन पेस

काठमाडौं । विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘विधायन व्यवस्थापन समिति’ को आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरेकी छन्।

सभापति दाहालले वार्षिक प्रतिवेदनमा विधेयकका दफाबार छलफलसम्बन्धी विज्ञ, मन्त्री र सचिव सबैको सहभागितामा कानुन विधेयकमाथि छलफल गर्दै आएको प्रष्ट पारिन् ।

समितिको प्रतिवेदनमा २०८१ साउन १ गते देखि २०८२ असार मसान्तसम्म समितिबाट भएगरेका कामकारबाही र विधेयकको अवस्था, सदस्यको उपस्थिति, निर्णय र प्रतिवेदहरू समावेश गरिएको जानकारी दिइन्। उनका अनुसार यस अवधिमा औपचारिक रूपमा १०४ वटा बैठक सम्पन्न भएका छन् ।

ती बैठकमध्ये ८६ वटा बैठक विधेयक व्यवस्थापनको कार्यमा, चार वटा ऐन कार्यान्वयन मापनसम्बन्धी, पाँच वटा अध्ययन अनुसन्धानसम्बन्धी र नौ वटा अन्य विषयमा केन्द्रित रहेका सभापति दाहालले जानकारी दिइन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.