मकवानपुरका १०२ वडामा आजबाट मतदाता शिक्षा संचालन

मकवानपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बदर मत घटाउने उद्देश्यले प्रदेश निर्वाचन कार्यालय हेटौंडाले अनुगमनकर्तालाई तालिम दिएर मकवानपुरका १०२ वडामा आजबाट मतदाता शिक्षा संचालन कार्यक्रम सञ्चालन गरेको छ।

मकवानपुरका प्रत्येक पालिकाबाट एक–एक जना अनुगमनकर्तालाई तालिम दिएको थियो । प्रत्येक वडाका सबैजसो मतदाताहरुलाई घरघरमा पुगेर मतदाता शिक्षा दिइने छ । प्रत्येक वडाका बालविकास सहजकर्ता वा महिला स्वयंसेविकालाई मतदाता शिक्षा कार्यक्रममा परिचालन गरिएको छ ।

मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने प्रतिशत घटाउनका लागि निर्वाचन कार्यालयले आज देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम संचालन गर्न लागेको छ । मकवानपुरका १० पालिकाका १०२ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवकका रुपमा परिचालन गरिने प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।

नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रिया बारेमा जानकारी गराउने , मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने निर्वाचन कार्यालयले जनाएको छ ।

मकवानपुरमा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा ४ दशमलव ४६ प्रतिशत मत बदर भएको थियो । दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुर१ मा १ लाख ५८ हजार ४३५ मतदाता रहेका छन् भने क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ८९९ मतदाता रहेका छन् । मकवानपुरका कुल मतदाता संख्या ३ लाख १५ हजार ३३४ मा महिला १ लाख ५३ हजार ३७६ र अन्य मतदाता ५ जना रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.