घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ काराेबार ?

मकवानपुर । नेपाली बजारमा आज (मंगलबार) सुन मूल्य घटेको छ । भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सयले घटेर ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने २५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य ४ हजार ८ सय ८५ रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य ४ हजार ८ सय ६० रुपैयामा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.