मकवानपुर । युट्युबको मुख्य एप र वेबसाइटमा देखिएको समस्या अहिले समाधान भएको छ।
आज बिहान युट्युब डाउन हुँदा विश्वभरका लाखौँ प्रयोगकर्ताले कठिनाइ भोग्नु परेको थियो। सामाजिक सञ्जालमा पनि प्रयोगकर्ताहरूले युट्युब नचलेको भन्दै गुनासो व्यक्त गरेका थिए। गुगल र युट्युब टिभीमा केही असुविधा देखिए पनि मुख्य प्रभाव युट्युबको प्राथमिक प्लेटफर्ममा परेको थियो।
परीक्षण गर्दा होमपेज, सर्ट भिडियो, र सब्स्क्रिप्सन फिडजस्ता मुख्य फिचरहरू काम नगरेको देखिएको थियो। यो समस्या मोबाइल एप र वेबसाइट दुवैमा देखिएको थियो।
प्रतिकृया दिनुहोस्








