मनहरीमा बस दुर्घटना हुँदा २२ जना घाइते

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनास्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

आज बिहान करिब ७ बजे वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ००५४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकको बाँया साइडमा रहेको विद्युतको पोलमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक दीपक थापाको कमाण्डमा ट्राफिक प्रहरीसहित १६ जनाको टोली घटनास्थलमा खटिएको थियो।

दुर्घटनामा बसमा सवार २२ जना यात्रु सामान्यदेखि मध्यम घाइते भएका छन्। घाइते सबैलाई उद्धार गरी उपचारका लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक पुस्कर बोगटीले बताए ।

बस दुर्घटनास्थलमै रहेको छ भने राजमार्गमा सवारी आवागमन अवरुद्ध नभएको जनाइएको छ। दुर्घटनास्थल इलाका प्रहरी कार्यालय मनहरीबाट करिब १ किलोमिटर पश्चिममा पर्दछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.