लगातार उकालो लाग्दै सुनको मूल्य

काठमाडौं । सुनको मूल्य आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार १० ग्राम सुनको मूल्य २ लाख ६८ हजार ७७५ रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ हजार २०० रुपैयाँले वृद्धि भएको हो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ भने १० ग्राम चाँदीको मूल्य ४ हजार ७९७ रुपैयाँ निर्धारण भएको छ। हिजो चाँदी प्रतितोला ५ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको प्रभाव स्वदेशी बजारमा पनि परेको महासंघले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.