मकवानपुर । पछिल्लो तीन घण्टामा सबैभन्दा बढी पानी सङ्खुवासभाको जिल्लाको नुममा परेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको साँझ ५ बजेको अपडेट अनुसार नुममा (३३.८ मिलिमिटर) पानी परेको छ ।
विभागले कतिपय पहाडी र हिमाली जिल्लाहरूमा अहिले पनि पानी परिरहेको जनाएको छ । ‘रातिदेखि मौसममा सुधार हुने सम्भावना छ’, विभागले भनेको छ । पानीसँगै कतिपय क्षेत्रमा बाक्लो असिना समेत परेको छ।
प्रतिकृया दिनुहोस्








