अपहरण अभियोगमा ३ पक्राउ, बोहराको सकुशल उद्धार

काठमाडौं । काठमाडौँको टेकुस्थित एक होटलमा बन्धक बनाइएका एक व्यक्तिको प्रहरीले सकुशल उद्धार गरेको छ। अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ समेत गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको विशेष प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित ‘रोडलाईन प्यालेस होटल’ बाट पीडितको उद्धार गरेको हो।

उक्त होटलका सञ्चालक शिव बहादुर घर्तीको होटलको कोठा नं. १०५ मा पूर्ण बहादुर बोहरालाई बन्धक बनाई कुटपिट गरी घाइते बनाइएको भन्ने विशेष सूचना प्रहरीले प्राप्त गरेको थियो। सोही सूचनाका आधारमा खटिएको टोलीले बोहरालाई सकुशल उद्धार गरेको हो।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना व्यक्तिहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फपेन्द्र न्यौपाने, धनराज बस्नेत र शिव बहादुर घर्ती रहेका छन् ।

पक्राउ परेका तीनै जनालाई अपहरण तथा शरीर बन्धक कसूरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.