रौतहट–३ रास्वपा)का उम्मेदवार रवीन्द्र पटेल भारी मतान्तरसहित विजयी

रौतहट । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत रौतहट क्षेत्र नम्बर–३ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। प्राप्त नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवीन्द्र पटेल भारी मतान्तरसहित विजयी भएका छन्।

पटेलले २७,३१८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवार गोविन्द चौधरीले ११,९५४ मत प्राप्त गरेका छन्। पटेलले चौधरीलाई १५,३६४ को फराकिलो मतान्तरले पराजित गरेका हुन्।

यसैगरी, रौतहटको राजनीतिमा प्रभावशाली मानिने आम जनता पार्टीका अध्यक्ष एवं उम्मेदवार प्रभु साह भने तेस्रो स्थानमा खुम्चिएका छन्। साहले जम्मा ९,८९० मत प्राप्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.