हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले तीन सिट

मकवानपुर । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले तीन सिट जितेको छ।

अध्यक्ष हर्क साम्पाङले सुनसरी-१, आरेन राईले खोटाङ र ध्रुवराज राईले भोजपुरमा जितेका हुन्।

सुनसरी-१ मा हर्क साम्पाङ ३५ हजार ७४१ मत प्राप्त गरी विजयी भए।

त्यहाँ रास्वपाकी गोमा तामाङले २७ हजार २४९ मत ल्याएकी थिइन्। एमालेका टिकाराम तामाङले ६ हजार ४६३ मत मात्रै ल्याए।

श्रम संस्कृति पार्टीका र खोटाङमा १६ हजार ६१२ मत सहित आरेन राई विजयी भए।

त्यहाँ एमालेका देवविक्रम राईले १२ हजार ७१४ मत ल्याए भने कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७ मत ल्याए।

श्रम संस्कृति पार्टीबाट भोजपुरमा १६ हजार ६६३ मत प्राप्त गरी ध्रुवराज राई निर्वाचित भएका छन्।

त्यहाँ उनले एमालेका शेरधन राईलाई पराजित गरेका हुन्। शेरधनले १४ हजार ७५० मत ल्याए। कांग्रेसका बालकृष्ण थापाले ८ हजार ६७० मत ल्याएका थिए।

समानुपातिकतर्फ पनि ४२ लाख बढी मत गणना हुँदा श्रम संस्कृति पार्टीले ९७ हजार ६६० मत ल्याएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.