होटल पार्किङबाट बाइक चोरी गर्ने युवक समातिए

मोरङ । विराटनगरको एक होटलको पार्किङबाट मोटरसाइकल चोरी गर्ने व्यक्तिलाई प्रहरीले रङ्गेहात नियन्त्रणमा लिएको छ। विराटनगर महानगरपालिका-१२ मा रहेको बिरयानी अड्डा एण्ड तन्दुरी पसलको पार्किङ स्थलबाट हराएको प्रदेश ०१-०१-००१ प ३६०१ नम्बरको मोटरसाइकलसहित मोरङ प्रहरीले एक जनालाई समातेको हो।

गत फागुन २३ गते राती करिब १० बजे पार्किङमा राखिएको अवस्थामा मोटरसाइकल हराएको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट विशेष टोली खोजतलासमा खटिएको थियो। प्रहरीको सक्रियताका कारण चोरी भएको भोलिपल्टै अर्थात् फागुन २४ गते साँझ ५ बजे विराटनगर-८ बस्ने २८ वर्षीय मोहम्मद ज्याउदिनलाई उक्त मोटरसाइकलसहित फेला पारिएको हो।

पक्राउ परेका ज्याउदिनमाथि चोरी मुद्दामा अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.