दिनदिनै बढ्दै तापक्रम, तराईमा गर्मी चर्किंदै

काठमाडौं । देशभरका सहरमा तीन दिनयता अधिकतम तापक्रम क्रमशस् बढ्दै गएको देखिएको छ । जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क हेर्दा तराई तथा मधेसका धेरैजसो सहरमा तापक्रम क्रमशस् बढ्दै गएको छ ।

राजधानी काठमाडौंमा फागुन २६ गते अधिकतम तापक्रम २०-२२ डिग्री सेल्सियस रहेकोमा शनिबार बढेर २४ डिग्री पुगेको थियो । बिहीबार(आज) मध्यान्हसम्म भने २५.४ डिग्री सेल्सियस पुगेको छ । आजै राति न्यूनतम तापक्रम भने १५–१७ डिग्रीकै हाराहारीमा रहने अनुमान गरिएको छ ।

यसैगरी मध्यान्हसम्म सबैभन्दा बढी सिराहा र बाँकेको अधिकतम तापक्रम ३१ दशमलव १ डिग्री सेल्सियस पुगेको छ । सो समयमा मनाङ हुम्दे विमानस्थलको अधिकतम तापक्रम भने ३.२ डिग्री सेल्सियस रहेको छ । आज विराटनगरमा ३१–३३ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । त्यस्तै नेपालगञ्जमा भने ३०–३२ डिग्री सेल्सियस आसपास रहने अनुमान गरिएको छ ।

गण्डकी प्रदेशको पोखरामा आज २६-२८ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । हिमाली क्षेत्रतर्फ जुम्लामा २३-२५ डिग्री सेल्सियससम्म पुग्ने देखिएको छ, भने जोमसोममा पनि १७-१९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

समग्रमा आगामी तीन दिनमा देशका अधिकांश सहरमा दिउँसोको तापक्रम क्रमशस् बढ्ने तथा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज देशका अधिकांश स्थानमा मौसम सफा रहेको छ । ‘हावाको आर्द्रता बढेसँगै तापक्रममा पनि वृद्धि भएको छ । आगामी दिनहरूमा देशभर क्रमशस् तापक्रम बढ्दै जाने सम्भावना रहेको छ,’ उनले भने ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.