हिमालका थोरै र पहाडका एक–दुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ । पहाडी र हिमाली क्षेत्रका थोरै ठाउँमा आज पनि पानी पर्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायू र नेपालको पूर्वी भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

बागमती र गण्डकी प्रदेशलगायत कोशी प्रदेशको पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ  । बाँकी प्रदेशको पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भागलगायत बाँकी प्रदेशको हिमाली भागका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ ।

यसअघि हिजो बेलुका कास्की, लमजुङ, तनहुँ, चितवन, इलाम, संखुवासभा लगायतका ठाउँमा ठूलो पानी परेको थियो । काठमाण्डौ उपत्यकासहित अरु केही ठाउँमा छिटपुट वर्षा भयो ।

महाशाखाका अनुसार अझै केही दिन मौसम बदली हुने र पानी पर्ने सम्भावना छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.