आज मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा पदभार ग्रहणपश्चात् बसेको मन्त्रिपरिषद्को बैठक । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय / रासस

मकवानपुर । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० को नेतृत्वमा सरकार गठन भएपछि आज दोस्रो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

शाहले शुक्रबार पदभार ग्रहण गरेलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले नवयुवा आन्दोलनमा भएका घटना सम्बधी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने तथा शासकीय सुधार सम्बन्धी १०० कार्यसूची स्वीकृत गरेको थियो ।

ती कार्यसूचीको विवरण अस्ति शनिवार सार्वजनिक गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.