रमादानको अवसरमा तीन नेपाली रिहा

काठमाडौं । कतार सरकारले तीन नेपाली नागरिकलाई आममाफी दिएको छ। रमादान को अवसर पारेर उक्त निर्णय गरिएको परराष्ट्र मन्त्रालय ले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार शेख तमिम विन हमाद अलथानी ले आममाफी प्रदान गरेका हुन्। दोहा स्थित नेपाली दूतावासको पहलमा उनीहरूलाई रिहा गराउन सफल भएको पनि मन्त्रालयले जनाएको छ।

तर, ती नेपालीहरू कुन कारणले जेल परेका थिए भन्नेबारे मन्त्रालयले कुनै विवरण सार्वजनिक गरेको छैन। साथै, उनीहरूको नामसमेत गोप्य राखिएको छ।

आममाफी पाएका ती तीनै जना नेपाली अहिले स्वदेश फर्किने तयारीमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.