लामटाङ राष्ट्रिय निकुञ्जकाे ३१औँ वन्यजन्तु सप्ताह सम्पन्न

रसुवा । ‘सुरक्षित मानिस, संरक्षित वन्यजन्तु’ भन्ने मूल नाराका साथ जन चेतनाका विविध कार्यक्रम आयोजना गर्दै लामटाङ राष्ट्रिय निकुञ्जले ३१औँ वन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न गरेको छ । सप्ताह कार्यक्रमअन्तर्गत जनचेतनामूलक र्याली तथा प्रवचन र जङ्गलको अवलोकनसमेत लागायतका कार्यक्रम आयोजना गरिएका थिए ।

सो अवसरमा वन, वन्यजन्तु तथा समग्र जैविक विविधता संरक्षणको महत्व, वन वनस्पति र मानवप्रति गरिने सम्बन्धलगायतका विषयमा जागरण गराइएको सो कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, संरक्षण अभियन्ता, स्थानीय बासिन्दा, विभिन्न सङ्घ–संस्था, निकुञ्ज कर्मचारी तथा वन्यजन्तु सुरक्षामा अहोरात्र खटिने नेपाली सेनाको सक्रिय सहभागिता रहेको थियो ।

जङ्गल क्षेत्रमा प्रवेश गर्दा निकुञ्जको अनुमति अनिवार्य लिनुपर्ने, वनस्पति काट्न वा नास्न नपाइने, वन वनस्पति नासे मासेमा त्यसबाट हुने असरको चेतना अभिवृद्धि गराउँदै समग्र जैविक विविधताको संरक्षण, वन्यजन्तुप्रति सकारात्मक व्यवहार अपनाउने तथा साथी लिएर मात्र जङ्गल प्रवेश गर्ने संस्कार विकासमा टेवा पुगेको जनाइएको छ ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार साहले समुदायको सहभागिता बढ्दै जाँदा संरक्षण अभियान अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरे। रसुवा, नुवाकोट तथा सिन्धुपाल्चोक जिल्लासम्म फैलिएको निकुञ्ज क्षेत्रमा पछिल्लो समय सुरक्षा र संरक्षण गतिविधि प्रभावकारी बन्दै गएको छ ।

निकुञ्जका रेञ्जर केशव ढोडारीले हिमाली भेकको जैविक विविधता संरक्षण काम भैराखेको बताए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन,२०२९ लागू गरेपछि संरक्षित क्षेत्र व्यवस्थापन व्यवस्थित हुँदै छ । हाल नेपालमा १३ राष्ट्रिय निकुञ्ज संरक्षण क्षेत्र तथा दुई वन्यजन्तु सिकार आरक्ष रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.