तीन निर्णयसहित मन्त्रिपरिषद् बैठक सम्पन्न

काठमाडौं। मन्त्रिपरिषद्को बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा तीन प्रमुख विषयमा निर्णय गरिएको हो।

बैठकले एकीकृत खानेपानी तथा ढल व्यवस्थापन परियोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। उक्त टोली अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा रहनेछ।

यसैगरी, महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपतिको कार्यालयलाई हस्तान्तरण गर्ने पुरानो निर्णयलाई खारेज गर्दै सो जग्गा पुनः प्रतिष्ठानकै प्रयोगमा रहने व्यवस्था गरिएको छ।

त्यस्तै, सरकारी निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा सूचना प्रविधि प्रणालीको अध्ययन गर्न सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा एक अध्ययन कार्यदल गठन गरिएको छ।

बैठकमा अतिक्रमित सुकुमबासी बस्ती हटाउने विषयमा भने कुनै छलफल नभएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.