४३ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

रसुवा । रसुवा प्रहरीले ठुलो परिमाणको विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ जिल्ला गङ्गा जमुना गाउँपालिका–५ निवासी ३७ वर्षीय सुशील गुरुङ रहेका छन् ।

प्रहरीका अनुसार गुरुङ भारतीय तीर्थयात्रीको पथप्रदर्शक ९गाइड० बनेर मानसरोवर कैलाश यात्रामा जाँदै गर्दा सुरक्षा जाँचका क्रममा रसुवाको बेत्रावती क्षेत्रमा उनलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार गुरुङको साथबाट गैरकानुनी रूपमा लुकाइछिपाइ बोकेको एकदेखि १०० सम्म दरका नोट जम्मा ४३ हजार अमेरिकी डलर बरामद गरिएको छ ।

प्रहरीले जनाएअनुसार गुरुङ ३० जना भारतीय तीर्थयात्रीसँग मानसरोवर यात्रामा गइरहेका थिए । सोही क्रममा शङ्कास्पद गतिविधि देखिएपछि जाँच गर्दा ठुलो परिमाणको विदेशी मुद्रा फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी राजु शाहले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.