काठमाण्डौं । हिजो ह्वात्तै बढेको सुनको भाउ आज सामान्य घटेको छ । आज सुन तोलामा २ सय रुपैयाँ घटेर तोलाको ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो कारोबार हुने हप्ताको पहिलो दिन सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले बढेको थियो । यस्तै आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर ५ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलामा ३ सय ५ रुपैयाँ बढेर ५ हजार ३ सय ४५ रुपैयाँ थियो ।
प्रतिकृया दिनुहोस्









