काठमाण्डौं । फिफा विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हराएको छ ।
आज सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा जोर्डन ३–१ गोलले पराजित भयो । अस्ट्रियाले खेलको २१औँ मिनेटमा रोमानो स्मिडको गोलबाट अग्रता बनाएको थियो ।
खेलको ५०औँ मिनेटमा अली ओलवानले जोर्डनका लागि बराबरी गोल फर्काए । जोर्डनले विश्वकपमा पहिलो गोलसमेत गरेको हो । तर खेलको ७६औँ मिनेटमा याजन अल अरबको उपहार गोलमा अस्ट्रिया २–१ ले अगाडि रह्यो । अनि खेलको इन्जुरी समयमा अस्ट्रियाका मार्को अर्नाटुभिकले पेनाल्टीमा गोल गरे ।
जोर्डनलाई ३–१ ले हराएसँगै समूह ‘जे’ को अस्ट्रियाले महत्त्वपूर्ण ३ अंक जोडेको छ । विश्वकप फुटबलमा आज राति पौने ११ बजे पोर्चुगल र कङगोले खेल्दैछन् ।
प्रतिकृया दिनुहोस्









