इक्वेडर, आइभरी कोस्ट र जर्मनी पनि नकआउट चरणमा प्रवेश

काठमाण्डौं । फिफा विश्वकप फुटबलमा गएराति सम्पन्न खेलमा समूह ‘ई’ का इक्वेडर र आइभरी कोस्ट विजयी भएका छन् । दुवै टोली नकआउट चरणमा स्थान सुरक्षित गर्न सफल भए । ४ पटकको विश्वविजेता जर्मनी गएराति इक्वेडरसँग पराजित भए पनि नकआउट चरणमा पुगेको छ ।

जर्मनीले पहिलो खेलमा कुराकाओलाई ७–१ ले र दोस्रो खेलमा आइभरी कोस्टलाई २–१ ले पराजित गरेको थियो । लगातार दुई जितपछि जर्मनीले ६ अंक जोडेर अन्तिम खेलअघि नै समूहको शीर्ष स्थान सुनिश्चित गरिसकेको छ । त्यसकारण आज इक्वेडरसँग २–१ ले हार्दा पनि जर्मनीको नकआउट यात्रा प्रभावित भएन ।

आइभरी कोस्ट उपविजेता तथा इक्वेडर उत्कृष्ट तेस्रो टोलीमध्ये एक बन्दै अन्तिम १६ मा पुगेका हुन् । अमेरिकाको न्युयोर्क–न्यु जर्सी रंगशालामा भएको खेलमा इक्वेडरले उपाधि दाबेदार मानिने जर्मनीलाई २–१ ले पराजित गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो ।

खेलको दोस्रो मिनेटमै लेरोय सानेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । तर नवौं मिनेटमा निल्सन एङ्गुलोले बराबरी गोल फर्काए । त्यसपछि खेलको ७७औँ मिनेटमा गोन्जालो प्लाटाले निर्णायक गोल गर्दै इक्वेडरलाई ऐतिहासिक जित दिलाए ।

अर्को खेलमा आइभरी कोस्टले कुराकाओलाई २–० ले हराउँदै पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित ग¥यो । आइभरी कोस्टका लागि निकोलस पेपेले सातौँ र ६४औँ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

समूह चरण सकिदा जर्मनी र आइभरी कोस्ट दुवैले समान ६–६ अंक जोडे । गोलअन्तरका आधारमा जर्मनी समूह विजेता बनेको हो भने आइभरी कोस्ट उपविजेतामा सीमित रह्यो । जर्मनीमाथिको जितसँगै चार अंक पु¥याएको इक्वेडर समूहमा तेस्रो स्थानमा रहे पनि उत्कृष्ट तेस्रो टोलीमध्ये एक बन्दै नकआउट चरणमा प्रवेश गर्न सफल भयो ।

कुराकाओ भने एक अंकसहित समूह चरणबाटै बाहिरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.