घरबाटै बेपत्ता ७३ वर्षीया महिला मृत फेला, हत्याको आशंका

महोत्तरी । दुई दिनअघि घरबाटै बेपत्ता भएकी एक वृद्धा महिला मृत अवस्थामा फेला परेकी छन् ।

महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरकी ७३ वर्षीया रासोदेवी यादवको शव फेला परेको हो ।

रासो १४ माघ राति घरमै सुतिरहेको अवस्थामा बेपत्ता भएको उनका छोरा हरि यादवले जानकारी दिए ।

परिवार र स्थानीयले खोजतलास गर्ने क्रममा घर अगाडिकै उखु बारीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

शवको अवस्था र घटनास्थलको प्रकृति हेर्दा हत्याको आशंका गरिएको छ ।

यद्यपि घटनाको वास्तविक कारण भने हालसम्म खुल्न सकेको छैन । प्रहरी अहिले घटनास्थलमा सुरक्षा घेरा हालेर शवको मुचुल्का प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.