विश्वप्रकाश शर्मालेले आज ४ वटा चुनावी सभालाई सम्बोधन गर्ने

मकवानपुर ।  नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आज ९शनिबार० चारवटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । उनी गुल्मी, अछाम र डोल्पामा आयोजना हुने चारवटा चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन् ।

शुक्रबार पोखरामा आयोजित चुनावी सभामा सहभागी भएका उपसभापति शर्माले शनिबार पहिले गुल्मीको कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार गुल्मीबाट उनी डोल्पा जाने छन् । डोल्पापछि अछाममा आयोजना हुने दुई चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उपसभापति शर्मा आजै काठमाडौं फर्किने छन् ।

सचिवालयका अनुसार मध्यान्ह १२ बजे गुल्मीको छत्रदेवमा, दिउँसो १ बजे डोल्पाको जुफालमा, २ बजे अछामको साँफेबगर र ३ः१५ बजे अछामको कमलबजार जाने कार्यक्रम रहेको छ ।

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.