टिचिङ अस्पतालमा अध्यक्ष ओलीको शल्यक्रिया

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली को पित्तथैलीमा देखिएको पत्थरी हटाउन शल्यक्रिया सुरु गरिएको छ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल मा उनको अप्रेसन भइरहेको अस्पतालका निर्देशक डा. सुवास आचार्यले जानकारी दिएका छन्।

‘उहाँलाई अप्रेसनका लागि अपरेशन थिएटरमा लगिएको छ,’ आचार्यले भने, ‘शल्यक्रिया सम्पन्न भएपछि अस्पतालले औपचारिक जानकारी सार्वजनिक गर्नेछ।’

अस्पताल स्रोतका अनुसार डा. पलेस्वाँ जोशी लाखेको नेतृत्वमा चिकित्सक टोलीले ओलीको पित्तथैलीमा रहेको २२ एमएमको पत्थरी निकाल्ने तयारी गरेको छ।

यसअघि जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ प्रतिवेदनको सिफारिसअनुसार केपी शर्मा ओली लाई प्रहरीले चैत १३ गते भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोही दिन त्रिवि शिक्षण अस्पताल मा भर्ना गरिएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.