काठमाण्डौं । हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव २६ अङ्कले घटेर २ हजार ७११ दशमलव ७६ विन्दुमा झरेको छ । शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको हो ।
आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटेकामा अन्य समूहको सूचक १ दशमलव ८२ प्रतिशतले ओरालो लागेको छ । आज १८८ वटा कम्पनीका शेयर घटेकामा ७३ वटाका बढेका छन् । यस्तै १२ वटा कम्पनीका शेयर भने घटबढ भएका छैनन् ।
आज ग्रीन डेभलपमेन्ट बैंकको शेयर झन्डै ८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सोपान फर्मास्युटिकल्स र अपोलो हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । गएको शुक्रवार ४ अर्ब ३४ करोडको कारोबार भएकोमा आज ३५० वटा कम्पनीका १ करोड ७ लाख कित्ता शेयर ४ अर्ब ४१ करोड रुपैयाँमा किनबेच भएको छ ।
प्रतिकृया दिनुहोस्










