कांग्रेसको प्रस्ताव : प्रधानमन्त्री र मुख्यमन्त्रीको कार्यकाल तोक्न र मन्त्रालय घटाउन

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री र मुख्यमन्त्रीको कार्यकाल तोक्ने प्रस्ताव गरेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयार पारेको प्रतिज्ञा पत्रमा प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटक मात्र बन्न पाउने व्यवस्था ल्याउने उल्लेख गरेको हो ।

बिहीबार काठमाडौँमा आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईँको पश्च’ शीर्षकको अन्तरक्रियामा सभापति गगन थापाले सङ्घ र प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउनेबारे पनि प्रतिज्ञा पत्रमा उल्लेख गरिएको जानकारी दिए ।

‘प्रधानमन्त्री र मुख्यमन्त्री अब दुईरदुई पटक मात्रै बन्न पाउने हाम्रो प्रतिज्ञा पत्रमा उल्लेख छ,’ थापाले भने, ‘त्यस्तै सङ्घमा १६ र प्रदेशमा ६ मात्रै मन्त्रालय बनाउने हाम्रो प्रतिज्ञा हो । अब गठबन्धन गरेर दल मिलाउन पर्‍यो भनेर मन्त्रालय थप्ने व्यवस्था हामी कदापि गर्ने छैनौँ ।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.