मकवानपुर । मकवानपुरमा २०७९ मा सम्पन्न निर्वाचनको तुलनामा १४ हजार ६०१ मतदाता थपिएका छन् । फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा १४ हजार ६०१ मतदात थपिएर तीन लाख १५ हजार ३३४ मतदाताले मतदान गर्ने भएका छन् ।
बागमती प्रदेश निर्वाचन कार्यालयको हेटौंडास्थित कार्यालयका सूचना अधिकारी ताराप्रसाद आचार्यका अनुसार २०७९ पछि मकवानपुरमा १४ हजार ६०१ मतदाता थपिएको बताएका छन् ।
सबैभन्दा बढी हेटौँडा उपमहानगरमा सात हजार १६३ मतदाता थपिएका छन् । त्यसैगरी मनहरी गाउँपालिकामा १ हजार ४६८, थाहा नगरपालिकामा १ हजार ४१५, बागमती गाउँपालिकामा ८४०, बकैया गाउँपालिकामा ८१७, मकवानपुरगढी गाउँपालिकामा ७५४, भीमफेदी गाउँपालिकामा ६९३, इन्द्रसरोवर गाउँपालिकामा ३७३, कैलाश गाउँपालिकामा ३६३ र राक्सिराङ गाउँपालिकामा २३५ मतदाता थपिएका छन् ।
यसपालि मकवानपुर क्षेत्र नम्बर १ मा १ लाख ५८ हजार ४ सय ३५ मतदाता रहेका छन् भने मकवानपुर क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ८ सय ९९ मतदाता रहेका छन् ।
मतदाता संख्या बढेसॅंगै मतदान केन्द्र पनि थप गरिएको छ । १४ हजार मतदात थप हुदा १० ओटा मतदान केन्द्र थप गरिएको आचार्यले जानकारी दिएका छन्।
यसअघि ३६४ मतदान केन्द्र रहेकोमा यसपालि ३७४ मतदान केन्द्र तोकिएका छन् । त्यसैगरी मकवानपुरमा १६७ मतदानस्थल रहेका छन् ।









