भीडभाड गरेर फागु खेल्न नपाइने

मकवानपुर । प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि सार्वजनिकस्थलमा भीडभाड हुने गरी खेल्न नपाइने भएको छ।

निर्वाचनको सुरक्षा संवेदनशीलता र आचारसंहिताका कारण सडक तथा सार्वजनिक भीड जम्मा हुने गरी कुनै पनि मेला, साङ्गीतिक कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिक रूपमा सूचित गरेको हो।

कार्यालयले आज जारी गरेको सूचनामा फागु पर्वलाई लक्षित गरी कार्यक्रम गर्न कसैलाई पनि अनुमति नदिइएको उल्लेख छ। परिवार मिलेर घरपरिसरमा सभ्य र सुसंस्कृत रूपमा फागु पर्व मनाउन कार्यालयले आग्रह गरेको छ।

फागुपूर्णिमा मनाउने क्रममा सुरक्षा नियम र आचारसंहिता पालना गर्न सम्बद्ध सबै पक्षलाई अनुरोध गरिएको छ। फागु खेल्ने क्रममा प्रचलित कानुनविपरीत काम गरेको पाइएमा जोकोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउने कार्यालयले जनाएको छ।

यही फागुन १८ गते पहाड र १९ गते तराई क्षेत्रमा फागुपूर्णिमा मनाइँदै छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.