भ्रामक अफवाह फैलाएर निर्वाचन प्रभावित पार्ने प्रयास

सुनसरी । सामाजिक सञ्जाल फेसबुकमार्फत निर्वाचनसम्बन्धी झुटो अफवाह फैलाएको आरोपमा सुनसरी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका वडा नं. ३ महेन्द्रचोक बस्ने २७ वर्षीय रामचन्द्र ठाकुर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, ठाकुरले रामचन्द्र ठाकुर नामको फेसबुक आईडी प्रयोग गरी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने उद्देश्यले भिडियो अपलोड तथा सेयर गरेका थिए।

नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो काठमाडौँको प्राविधिक सहयोगमा उनलाई इनरुवाको महेन्द्रचोक स्थित उनकै लोकेसनबाट नियन्त्रणमा लिइएको हो। प्रहरीले अफवाह फैलाउन प्रयोग गरिएको मोबाइल डिभाइससमेत बरामद गरेको छ।

पक्राउ परेका ठाकुरलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक डिएसपी चन्द्र बहादुर खड्काले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.