सुनको भाउ घट्यो

काठमाण्डौं । आज सुनको भाउ घटेको छ ।

हिजो तोलामा एक हजार ३ सय रुपैयाँले घटेको सुनको भाउ आज एक हजार रुपैयाँले घटेको हो । हिजो सुनको भाउ तोलामा २ लाख ९१ हजार ५सय रुपैयाँ रहेकोमा आज घटेर तोलाको २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने बढेको छ । हिजो तोलाको ५ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेको हो । आज चाँदी तोलाको ५ हजार ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.