हेटौंडाकी रोसमेरीले जितिन ग्राण्ड एसईई अवार्ड

हेटौेंडा । बिद्यालय शिक्षाको पहिलो गेट एसईई परिक्षा उतिर्ण हुने बिद्यार्थीहरु बिचको प्रतिश्पर्धा हेटौंडा-७ कि रोसमेरी थिङ्गले हात पारेकी छन् ।
काठमाडौंमा सिल्भर इन्टरटेन्मेन्टद्वारा आयोजित ग्राण्ड एसईई अवार्ड–२०२६ मा सहभागीहरुलाई पछि उनले ग्राण्ड मिस एसईईको उपाधि उचालेकी हुन् ।
निर्णायकहरूले व्यक्तित्व, प्रस्तुति कला, आत्मविश्वास, प्रतिभा प्रदर्शन तथा समग्र क्षमताका आधारमा विजेताहरू छनोट गरेका थिए ।
विभिन्न चरणका प्रतिस्पर्धापछि उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई ताज, पदक, स्यास तथा सम्मानपत्र प्रदान गरिएको थियो।
हेटौंडा-७ मा रहेको तासिर ईङ्गलिस बोर्डङ्ग स्कुलबाट एसईई परिक्षा उतिर्ण गरेकी उनले उपाधी सहित नगद ५० हजार हात पारीन् ।
बिजेता बनेकी थिङ्गले निस् शुल्क २ बर्षे ईयर होस्टेज, २ बर्षे कलाकारीता तालिम सहितका पुरस्कार हात पारेकी छन् । अध्ययन सँगै कला क्षेत्रमा पनि लगाब रहेको बताउने उनी करियरमा दूबै पक्षलाई समेटेर अघि बढाउने बताउँछिन् ।
एसईई उत्तीर्ण विद्यार्थीहरूमा रहेको प्रतिभा, आत्मविश्वास, व्यक्तित्व विकास तथा नेतृत्व क्षमतालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
समारोहको आकर्षणका रूपमा विजेतालाई ताज पहिर्याउने विशेष क्षण रहेको थियो। सहभागीहरूले विभिन्न राउण्डमा आफ्नो क्षमता प्रस्तुत गर्दै दर्शक तथा निर्णायकहरूको मन जितेका थिए। कार्यक्रममा सांस्कृतिक प्रस्तुति, फेशन शो तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत समावेश गरिएको थियो

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.