अर्थमन्त्रीले संसद् र सांसदको मानहानि गर्नुभयो : वर्षमान पुन

काठमाण्डौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक विधेयकको विवाद समाधानका लागि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राखेका छन् ।

बैठकको शुरूमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले आउँदो आर्थिक वर्षका लागि प्रस्तुत आर्थिक विधेयकमा देखिएका कमजोरीलाई स्वीकार गरेर जानुको विकल्प नरहेको बताउनुभयो ।

सांसद पुनले संसदमा दर्ता भइसकेको विधेयकमा कुनै पनि प्रकारको चलखेल गर्न नपाइने उल्लेख गर्दै त्यससम्बन्धी विवादको छानबिन गर्न संसदीय संयन्त्र गठन हुनुपर्ने माग गर्नुभयो । सार्वभौम संसद्को अवमूल्यन गर्न नपाइनेमा उहाँको जोड छ ।

पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पुनले अर्थमन्त्री वाग्लेले संसद् र सांसदलाई हेप्ने गरी अभिव्यक्ति दिएको टिप्पणीसमेत गर्नुभयो । पुराना दलले ६७ वटा हेरफेर गरेकोमा मैले ७ वटामा हेरफेर गरेँ भन्ने हिसाबले अर्थमन्त्री वाग्लेले बोलेको भन्दै पुनले आपत्तिसमेत जनाउनुभएको छ । साथै पुनले यो विषय आजको लेखा समिति बैठकमा पनि उठाउनुभएको थियो ।

यस्तै प्रतिपक्ष दल नेकपा ९एमाले० का सांसद गुरुप्रसाद बरालले अर्थमन्त्री वाग्लेले राजस्व हिनामिना गरेको आरोप लगाउँदै छानबिनका लागि तत्काल संसदीय समिति गठन गर्नुपर्ने माग गर्नुभएको छ ।

सांसद बरालले अर्थमन्त्रीमाथि छानबिनका लागि अविलम्ब कदम चाल्न पनि सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.